दुई वर्षभित्र ई-पासपोर्ट


 


काठमाडौं भदाै १५

परराष्ट्र मन्त्रालयले दुई वर्षभित्र अत्याधुनिक विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाएको छ।  सन् २०१७ भित्र मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गरी अत्याधुनिक राहदानी जारी गर्नेसम्बन्धी कार्ययोजना परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गत शुक्रबार अनुमोदन गरेका हुन्।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) को बाध्यकारी प्रावधानअनुसार नेपालले सन् २०११ देखि मेसिन रिडेबल पासपोर्ट जारी गर्दै आएको छ। ‘परराष्ट्र मन्त्रीज्यूबाट यससम्बन्धी कार्ययोजना स्वीकृत भएर आएको छ।

अहिले हामी अध्ययन तथा छलफलका क्रममा छौं’, परराष्ट्रअन्तर्गतको केन्द्रीय राहदानी विभागका उपसचिव शरदराज आरनले भने। एमआरपीभन्दा इलेक्ट्रोनिक राहदानी गुणस्तरीय, विश्वासिलो र सुरक्षित मानिन्छ।

प्रकाशित मिति: १५ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्