पेट्रोलियम पदार्थको मूल्य फेरी घट्यो


 


काठमाडौं, भदौ १५

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा दुई रुपैयाँ ५० पैसा, डिजेलमा दुई रुपैयाँ, मट्टीतेलमा दुई रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर ३५ रुपैयाँ मूल्य घटाएको हो । निगमाको मंगलबार बेलुका बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै पेट्रोल अब एक लिटरको एक सय चार रुपैयाँ पर्छ भने डिजेल र मट्टीतेलको एक लिटरको ८२ रुपैयाँ पर्ने भएको छ । घटेको मूल्य मंगलबार राति १२ बजेपछि लागु हुने निगमले जनाएको छ । यसअघि गएको साउन १७ गते पनि निगमले मूल्य घटाएको थियो ।

प्रकाशित मिति: १५ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्