कोरियन भाषा परीक्षाका लागि केन्द्र तोकियो (कसको परीक्षा केन्द्र कहाँ ? सबै विवरण सहित)


 


काठमाडौं, भदाै १६

इपिएस कोरिया शाखाले आउँदो असोज २ र ३ गते हुने छैटौं कोरियन भाषा परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । काठमाडौंमा १५ र पोखरामा तीन गरी १८ वटा केन्द्रमा परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ ।

परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ । पहिलो सिफ्ट अन्तर्गत बिहान साढे आठ बजेदेखि एक घन्टासम्म विद्यार्थीहरुलाई अभिमूखीकरण दिइने र १० बजेदेखि लिखित परीक्षा सञ्चालन गरिनेछ भने दोस्रो सिफ्टमा दिउँसो एक बजेदेखि एक घन्टा परीक्षार्थीलाई अभिमुखिकरण दिइने र दिउँसो साढे दुई बजेदेखि परीक्षा सञ्चालन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ ।

कहा कहाँ छन् परीक्षा केन्द्र
ईपीएस भाषा परीक्षाका लागि निम्न स्थानमा केन्द्र तोकिएको छ ।
१ लिटिल एन्जेल्स स्कुल, हात्तिवन, ललितपुर
२ लिटिल एन्जेल्स कलेज, हात्तिवन, ललितपुर
३ हिमालयन ह्वाईट हाउस कलेज, तिनकुने, काठमाडौं
४ एन के सिंह मेमोरियल ईपीएस स्कूल नयाँबानेश्वर, काठमाडौं
५ भिएस निकेतन स्कूल मिनभवन, काठमाडौं ।
६ भिएस निकेतन स्कुल तिनकुने काठमाडौं
७ युनिभर्सल कलेज, मैतिदेवी, काठमाडौं
८ रेडन कलेज सामाखुसी, काठमाडौं
९ रेडियन्ट रिडर्स एकेडेमी, सानेपा, ललितपुर
१० आईडियल मोडल स्कूल, धोविघाट, ललितपुर
११ एसएलआर, स्कूल, कलंकी काठमाडौं
१२ ल्याब्रोटरी स्कुल, कीर्तिपुर, काठमाडौं
१३ जेभियर ईन्टरनेशनल कलेज, कालोपुल, काठमाडौं
१४ ह्वाइर्ट हाउस ईन्सटीच्यूट अफ साईन्स एण्ड टेक्नोलोजी, खुमलटार, ललितपुर ।
१५ गोल्डनगेट ईन्टरनेसनल कलेज, बत्तिसपुतली काठमाडौं

पोखरामा दरखास्त फारम भरेकाहरुको परीक्षा केन्द्र
१ लिटिल स्टेप हाईयर सेकेन्डरी स्कुल, पोखरा उपमहानगरपालिका-८, सिमलचौर
२ स्टेप बाई स्टेप हाईयर सेकेन्डरी स्कुल पोखरा उपमहानगरपालिका ७ मासबार
३ ग्लोबल कलिजियट हाईयर सेकेन्डरी स्कुल, पोखरा उपमहानगरपालिका १२ रानीपौवा ।

eps 1

eps 2 (1)eps 3 (1)

प्रकाशित मिति: १६ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्