के लेखेका थिए फेसबुकमा अाङकाजीले ?


 


काठमाडौं, भदाै १७

फेसबुकबाट सामाजिक सद्‌भाव विथोल्ने कार्यमा संलग्न भएको अभियोगमा पक्राउ परेका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यीय अङ्काजी शेर्पालाई विद्युतीय कारोबार ऐनअनुसार मुद्धा चलाएको छ।

महानगरीय अपराध महाशाखाले बिहीबार शेर्पालाई विद्युतीय कारोबार ऐनअनुसार मुद्धा चलाउन सिफारिश गरेअनुसार बिहीबार काठमाडौं जिल्ला अदालतमा सो मुद्धा दर्ता भएको हो ।

अाखिर के लेखेका थिए आङ्काजीले फेसबुकमा ?

angkaji_statusफेसबुकमा अाङ्काजी शेर्पाको नाउँमा रहेको अकाउन्टमा गृहमन्त्री बामदेव गाैतमलाई हत्यारा भन्नेसम्मका स्ट्याटस राखिएको पाइएको छ। ‘वीरगञ्जमा शान्तिपूर्ण अान्दोलनमाथि गोली प्रहार गर्ने र दिलिप चौरसियाको हत्यारा गृहमन्त्री बामदेव गाैतमलाई बर्खास्थ गर’, मंगलबार बिहान ६ वटा फोटो सहित ९:४४ बजे उनको फेसबुक स्ट्याटसमा लेखिएको थियो।

निजी तथा सामाजिक गतिविधिहरु सबै अपडेट हुने उनको फेसबुक अकाउन्टमा फेसबुककै नियमविपरित ग्राफिक्स कन्टेन्टहरु समेत अपलोड हुने गरेका थिए। अरु मान्छेलाई हानी पुर्‍याउने किसिमका त्यस्ता कन्टेन्टहरुलाई फेसबुक अाफैँले ‘ग्राफिक्स कन्टेन्ट’ भनेर फोटो बाहिर खतराको सूचना सहित कालोपोतिदिएको पाइएको छ।

angkajiनेपाल आदिबासी जनजाती महासंघका पूर्व महासचिव अाङ्काजी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हुन्। फेसबुकको उनको अकाउन्टसँग २५ हजार व्यक्ति अावद्ध छन्। उनका ५ हजार फेसबुक फ्रेन्ड छन्। २० हजार ६८४ उनको अकाउन्टलाई फलो गर्छन्।

प्रकाशित मिति: १७ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्