यसरी हेरफेर हुँदैछ सात प्रदेशको सीमाकंन


 


काठमाडौं, भदाै १९

प्रमुख चार दलले सात प्रदेशको सीमाकंन हेरफेर गर्न गृहकार्य थालेका छन्। शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले सात प्रदेशको सीमाकंनमा केही हेरफेर गर्ने सहमति गरेका हुन्।

शनिवार विहानै चार दलले गठन गरेको कार्यदलको बैठकमा धर्मनिरेपेक्षता,थ्रेसहोल्ड, बागलुङ र रुकुम जिल्ला विभाजन गर्ने विषयमा सहमतिको प्रयास गरेपनि कुनै निर्णयमा पुग्न नसकिएको एक नेताले जानकारी दिए। कार्यदलले आजै बस्ने शीर्ष नेताको बैठकमा सहमति भएका र हुन बाँकी विषय प्रस्तुत गर्ने एक नेताले बताए।

स्रोतका अनुसार कार्यदलको बैठकमा यसअघि सहमति भएको निर्वाचित सरकार विरुद्ध दुई वर्षसम्म अविस्वासको प्रस्ताव राख्न नपाउने सहमतिलाई घटाएर एक वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था गर्न सहमति जुटेको छ। आज बस्ने शीर्ष नेताको बैठकले सात प्रदेशको सीमाकंन हेरफेर गर्ने, बागलुङ र रुकुम जिल्लाको विषयमासमेत सहमतिको प्रयासगर्ने भएका छन्। संधिवानको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने आज अन्तिम दिन हो ।

प्रकाशित मिति: १९ भाद्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्