डा. केसीले यसरी तोडे अनशन


 


काठमाडौं, भदाै २०

विभिन्न माग राखेर १४ दिनदेखि अनशन बस्दै आएका टिचिङ अस्पतालका डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् । आइतबार दिउसो तीन बजे टिचिङ अस्पतालमा भर्ना भएका दुई बिरामीको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् ।

टिचिङ अस्पतालको गणेशमान भवन अगाडी चौरमा राखिएका केसीलाई १८ महिनाकी बालिका सुभानी उप्रेती र रोल्पाका एक बिरामीले जुस खुवाएका थिए । मुख्य सचिव सोमलाल सुवेदी र स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको कार्यक्रममा उपस्थिति थियो ।

प्रकाशित मिति: २० भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्