गाडी भाडा घट्यो


 


काठमाडौं, भदौ २३

सार्वजनिक गाडीको भाडा घटेको छ । सरकार र यातायात व्यवसायीबीच बुधबार भएको छलफलमा वैज्ञानिक भाडादर लागु गर्ने सहमति भएपछि गाडी भाडा घटेको हो ।

घटेको भाडादर अनुसार अब काठमाडौंमा न्युनतम भाडा १३ रुपैयाँ कायम भएको छ । यस्तै  यात्रुबाहक बसको अहिले कायम भएको भाडामा २ दशमलव २२ प्रतिशतले घटेको छ ।

तराईमा चल्ने मालबहाक ट्रकको ३ दशमलव २४, काठमाडौं, पोखरा, नारायणगढ चल्ने ट्रकको ३ दशमलव १० र मिटर जडित ट्याक्सीको भाडा १ दशमलव ६३ प्रतिशत घटेको छ ।

घटेको भाडादर यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गरेको दिनदेखि लागु हुनेछ । पेट्रोलियम पदार्थको भाउ घटेपछि यातायात व्यवसायीलाई पनि गाडी भाडा घटाउन दबाब पर्दै आएको थियो ।

प्रकाशित मिति: २३ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्