प्रहरीको गोली लागि ३ जनाको ज्यान गयो


 


महाेत्तरी,  भदाै २३

बुधबार दिउसो महोत्तरीको जिल्ला प्रहरी कार्यालयलाई निसाना बनाई ढुंगामुढा गर्न अाएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागि तीन अान्दोलनकारीको मृत्यु भएको छ। गोली लागेर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पुर्‍याएका उनीहरुलाई डाक्‍टरले मृत घोषित गरेका हुन्।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नम्बर ७ का रोहन चौधरी, महोत्तरी गाविस वडा नम्बर ५ का रामविवेक यादब, जलेश्वर-१४ बखरीका मसुवा कापर छ्न्। मध्यान्हसम्म सामान्य रहेको जलेश्वरमा २ बजेतिर गाउँ गाउँबाट ट्याक्टर, मोटरसाइकलमा अान्दोलनकारीहरु अाएका थिए।

प्रकाशित मिति: २३ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्