महाेत्तरीमा सेना परिचालन


 


महाेत्तरी, भदाै २४

महोत्तरीमा नेपाली सेना परिचालन गरिरएको छ।  जिल्लाको स्थिति विग्रदै गएपछि शान्ति सुरक्षालाई ध्यानमा राखि नेपाली सेना परिचालन गरिएको हो।

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बसेको सुरक्षा निकायको वैठकबाट नेपाली सेना परिचालन गर्ने निर्णय गरिएको हो।यता आन्दोलनकारीले बुधबार राति महोत्तरीको विभिन्न ठाउँमा रहेको चार प्रहरी चौकीमा आगजनी गरेका छन्।

प्रहरीको गोली लागेर तीन जना मारिएपछि आक्रोशित आन्दोलनकारीले इलाका प्रहरी कार्यालय बलबा, मनरा प्रहरी चौकी, पर्सापतैली प्रहरी चौकी र औरही प्रहरी बिटमा आगजनी गरेका हो।

बलवा प्रहरी चौकीमा आगजनी गर्ने क्रममा आधा दर्जनभन्दा बढी प्रहरीसमेत घाइते भएका थिए। यसैबीच आक्रोशित सर्वसाधारणले प्रहरी चौकी र प्रहरी बिटमा आगजनी गर्न थालेपछि इलाका प्रहरी कार्यालय बलवा र लोहारपटि इप्रकालाई रामगोपालपुरमा सारिएको छ।

त्यस्तै रघुनाथपुरलाई खैरबनीमा, गैढाभेटपुर प्रहरी चौकीलाई सम्सीमा, मनरालाई सिसवाकटीमा र पर्सा पतैली र धिरापुरलाई जिल्ला प्रहरी कार्यालय जलेश्वर सारिएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले वुधबार राति ८ बजेदेखि जारी गरेको कर्फ्युका कारण जनजीवन प्रभावित हुन पुगेको छ। जलेश्वरको सडक बिहानै सुनसान देखिएको छ।

सडकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति वाक्लो पारिएको छ। अत्यावश्यक कामका लागि घर वाहिर निस्कने सर्वसाधारणलाई पनि घरबाट बाहिर निस्कन दिइएको छैन।

प्रकाशित मिति: २४ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्