सिरहामा पनि सेना परिचालन



लहान, भदाै २४

संयुक्त लोकतान्त्रि मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच बुधबार राति भएको झडप पछि तनावग्रस्त लहानलाई बिहीवार दिउँसो १ बजेबाट दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गरेको छ। बिहीबार विहान जिल्ला ट्राफिक कार्यालय भित्र राखेको मोटरसाईकल र बिटमा प्रदर्शनकारीले आगजनी गरेपछि सुरक्षा समितिको बैठकले लहानलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी मानबहादुर बिकेले जनाकारी दिए।

राजमार्गक्षेत्र बलानदेखि कमला पुलसम्म ५ सय मिटर दायाँ बाँया निषेधित क्षेत्र घोषणा गरे पनि लहानमा उग्र प्रदर्शन नरोकिएपछि दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचान गरिएको सिरहा प्रहरी प्रमुख एसपी रामकृपाल साले बताए।  दंगाग्रस्त क्षेत्र घोषा गर्नु अगाडि प्रदर्शनकारीले लहानको हुलाक नजिक पार्किङ गरी राखिएको एउटा ट्रकमा आगजनी गरेका छन्।

प्रदर्शनकारीले अस्पताल चोकदेखि ट्राफिक चोकसम्म राजमार्गको ठाउँ ठाउँमा टायर बालेर भइरहेको उग्र प्रदर्शन जारी राखेका छन्। प्रदर्शनकारी तर्फबाट प्रहरीमाथि पेट्रोल बम र ढुँगामुढा प्रहार भएपछि अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले दर्जनौं राउण्ड अश्रु ग्यास र रबरका गोली प्रहार गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News