प्रधानमन्त्री ओलीको एक ट्वीटले राजनीतिक वृत्तमा तरंग, कसलाई गरे प्रहार ?



काठमाडौँ, वैशाख २५
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो गरेको ट्विटले राजनीतिक वृत्तमा नयाँ तरङ्ग ल्याएको छ ।

नेकपा माओवादी केन्द्रसँग एकताको प्रक्रिया अन्तिममा पुगेको चर्चा भइरहेका बेला प्रधामन्त्री ओलीले आफ्नो व्यक्तिगत ट्विटर ह्यान्डलबाट गरेको ट्विटले धेरै प्रश्न पनि जन्माएको छ । अन्नपूर्णमा खबर छ ।

एमाले विपक्षमा उभिएका बेला माओवादी र कांग्रेसले फौजदारी अभियोग लागे पनि सांसदहरु निलम्वित नहुने प्रावधानसहितको प्रस्ताव सं‌सदमा अघि बढाएपछि ओलीको यस्तो धारणा आएको हो ।

प्रधानमन्त्रीले समिकरण फेर्न बानी परेकाहरुलाई भन्दै ट्विटमार्फत कडा प्रतिक्रिया दिएपछि यसबारे बहस सुरु भएको छ ।

ओलीले ट्वीट गर्दै भनेका छन्, ‘हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका छौँ। आफ्नो दुनो सोझ्याउन समिकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुचि हुनसक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यदेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।’

ओलीको यो ट्विट कतिपयले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित भएको टिप्पणी गरेका छन् । अर्का पक्षले भने प्रधानमन्त्रीको प्रहार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति लक्षित रहेको तर्क पनि गरेका छन् ।

त्यसैगरी प्रमको यो ट्विट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नयाँशक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीचको सहकार्यमाथि व्यङ्ग्य हुन सक्ने पनि केहीको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News