सम्बन्ध सुधार हुँदै गएको ठानिएपनि भारतले गर्यो अनपेक्षित व्यवहार, अब नेपालीलाई भिसा अनिवार्य



काठमाडौं, वैशाख २६
भारतले चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपाली नागरिकलाई भिसा अनिवार्य गरेको छ । राजनीतिक तहमा सम्बन्ध सुधार हुँदै गएको ठानिएको वेला भारतले अनपेक्षित व्यवहार गरेको छ । नयाँ पत्रिकामा खबर छ।

 

तेस्रो देशबाट नेपाल आउन वा नेपाल हुँदै भारत फर्किन भारतीय नागरिकले नेपालको भिसा लिनु पर्दैन । तर भारतले नेपाली र भूटानी नागरिकलाई कडाई गर्दै लगेको छ ।

चीन र पाकिस्तानबाट हवाई मार्ग भएर भारत वा भारत हुँदै स्वदेश फर्किँदा यसअघि पनि नेपाली र भूटानी नागरिकले भारतीय भिसा लिनुपर्ने व्यवस्था थियो । तर, यसबर्षदेखि मालदिभ्स, हङकङ र मकाउ थपिएको छ ।

भारतको त्रिवेन्द्रमस्थित अध्यागमन कार्यालयले एयर इन्डियाको एयरपोर्ट म्यानेजरलाई सम्बोधन गरेर पठाएको सर्कुलरमा नेपाली र भूटानी नागरिकलाई चीन, हङकङ, मकाउ, मालदिभ्स र पाकिस्तानबाट भारत आउँदा अनिवार्य प्रवेशाज्ञा भएको सुनिश्चित हुनुपर्ने उल्लेख छ ।

यी देशबाट भिसा विना नेपाली वा भूटानी यात्रु ल्याएको पाइएमा भारतीय गृह मन्त्रालयले जारी गरेको ‘क्यारिअर लायविलिटी एक्ट’ अनुसार कारबाही हुने उक्त सर्कुलरमा उल्लेख छ ।

तर पछिल्लो निर्णयबारे भारतको अध्यागमन व्युरोले आधिकारिकरुपमा सूचना सार्वजनिक गरेको छैन भने नेपाललाई औपचारिक जानकारी पनि गराएको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News