अब ढाँटेर जागिर खाने दुष्प्रयास नगरे हुन्छ, यसरी गरिदैछ कारबाही



काठमाडौं, वैशाख २७
उमेर ढाँटेर सरकारी कर्मचारीले अनिवार्य अवकाश हुने समयभन्दा बढीसम्म जागिर खाइरहेको पाइएको छ ।

अनिवार्य अवकाशको मिति ढाँटेर चार–पाँच वर्षसम्म पनि जागिर खाइरहेका तीन दर्जनभन्दा बढी कर्मचारी कारवाहीमा परेका छन् । अन्नपूर्णमा खबर छ ।

सेवा अवधिभन्दा बढी जागिर खाएका त्यस्ता कर्मचारीबाट १ करोड ४० लाख रुपैयाँ असुल उपर गरिएको निजामती किताबखानाकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिइन् ।

ढाँटेर जागिर खाइरहेको सूचनाका आधारमा किताबखानाले भिजिलेन्स (गम्भीरतापूर्पक फाइल केलाउने) अभियान सञ्चालन गर्दा ती कर्मचारी फेला परेका हुन् । त्यस्ता कर्मचारीबाट किताबखानाले हालसम्म लिएको सम्पूर्ण तलब, सुविधा र भत्ता जफत गर्दै पेन्सन पट्टा रोक्का गरेको छ ।

हाल निजामती सेवामा ८६ हजार कर्मचारी छन् । उनीहरूको अनिवार्य अवकाशको उमेर ५८ वर्ष हो । ‘अब ढाँटेर जागिर खाने दुष्प्रयास कसैले नगरे हुन्छ । भिजिलेन्स अभियानलाई आक्रामक बनाएका छौं । छानबिन गरी त्यस्ता कर्मचारीलाई कारबाहीको दायरामा ल्याइनेछ’, किताबखानाकी महानिर्देशक भट्टराईले भनिन् ।

एकै कर्मचारीबाट १५ लाख रुपैयाँसम्म जफत गएिको छ । सेवा निवृत्त भइसकेपछि पनि जागिर खाइरहेका कर्मचारीले राज्यकोषबाट एक

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News