मोदीको नेपाल भ्रमण: कति भारतीय सुरक्षाकर्मी परिचालित हुँदैछन् ?



काठमाडौं, वैशाख २७
भोलि नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र्र मोदीको सुरक्षाका लागि भारतबाटै ६६ सुरक्षाकर्मी पनि आउने भएका छन् । मोदी भ्रमण अवधिभर भारतीय सुरक्षा दस्ताकै घेराभित्र रहने भएका छन् । नयाँ पत्रिकामा खबर छ ।

त्यसमध्ये ४१ जना भने नेपाल आइसकेका छन् । २५ जना भने मोदीसँगै आउनेछन् । क्याप्टेनको कमान्डमा भारतीय सेनाको एक प्लाटुन नै मोदीको सुरक्षामा खटिनेछ ।

गृह मन्त्रालयका अनुसार उनीहरू हतियारसहित रहनेछन् । गृहप्रवक्ता रामकृष्ण सुवेदीले विशिष्ट व्यक्ति भ्रमणका क्रममा हतियारसहित सुरक्षाकर्मी आउजाउ गर्नु सामान्य प्रक्रिया भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News