प्रदेश २ का मुख्यमन्त्रीको कमजोरीबारे प्रधानमन्त्रीले मुख खोले, गरे खबरदारी


 


काठमाडौं, वैशाख ३१
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्रीबाट कुटनीतिक कमजोरी भएको स्वीकारेका छन् ।

मोदीको नेपाल भ्रमणबारे आइतबार संसदलाई जानाकारी गराउँदै प्रधानमन्त्री ओलीले कुटनीतिक र राष्ट्रिय मर्यादा विपरित भएको बताए । ‘प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले जनकपुरमा दिएको मनतब्य अनुपयुक्तु र कमजोरीपूर्ण भएको छ’ उनले भने ।

प्रधानमन्त्री ओलीले आगामी दिनमा यस्ता कमीकमजोरी कहीँ कतैबाट हुन नहुने बताए ।

मोदीको भ्रमणको पहिलो दिन शुक्रबार जनकपुरमा भएको नागरिक अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मोदीलाई सम्बोधन गर्दै ुमधेसको संघर्ष अझै पनि विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि भएको अभिव्यक्ति दिएका थिए।

मुख्यमन्त्री राउतको अभिव्यक्तिको सार्वजनिक रुपमा पनि आलोचना भइरहेको छ। अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्