मोदीको भ्रमणमा नसोचेकै खर्च, जनकपुरमा मात्रै सात करोड बढी


 


काठमाडौं, जेठ २
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कारमा जनकपुरमा मात्रै ७ करोड २० लाख खर्च भएको छ । जनकपुरबाटै राजकीय भ्रमण सुरु गरेका मोदीले त्यहाँ चार घण्टा बिताएका थिए ।

प्रदेश २ को मुख्यमन्त्री कार्यालयले तयार पारेको खर्च विवरणअनुसार मोदीको स्वागत, मञ्च निर्माण, सरसफाइ, जनपरिचालन, सुरक्षा र प्रचारप्रसारमा ७ करोड २० लाख खर्च भएको छ । नयाँ पत्रिकामा खबर छ ।

कहाँ कति खर्च ?

मञ्च निर्माणमा २ करोड
सरसफाई र सडक मर्मतमा दुई करोड ५० लाख
जनपरिचालनमा एक करोड
सुरक्षामा ६० लाख
प्रचार–प्रसारमा एक करोड १० लाख

मुख्यमन्त्रीको कार्यालयले मोदीको सत्कारमा भएको खर्च व्यहोर्न प्रदेश सरकारसँग बजेट अभाव रहेकाले ७ करोड २० लाख स्वीकृत गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव गरेको छ । तर, भ्रमण व्यवस्थापनमा साढे ७ करोड खर्च भएको पुष्टि हुने बिल भने पेस गरेको छैन ।

प्रकाशित मिति: २ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्