ट्राफिक नियम उल्लंघन गर्नेलाई फूल र चकलेट दिएर विदाई


 


बिर्तामोड, जेठ ४
विहीबार काठमाडौंमा विद्यार्थीहरुले ट्राफिक नियम पालना नगर्ने सवारीसाधन चालकलाई ट्राफिक नियम सिकाउँदै फूल र चकलेट दिएका छन् ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई प्रहरीले रोकिरहेको क्रममा विद्यार्थीहरुले चालकलाई सडकमै ट्राफिक नियम सिकाउँदै फूल र चकलेट दिएर विदाई गरेका हुन् । नयाँ पत्रिकामा खबर छ ।

बिर्तामोडस्थित एमिटी एजुकेशन फाउण्डेशनले सञ्चालन गरेको एमिटी पब्लिक स्कूलका एक सय १० जना विद्यार्थीले डेढ घण्टासम्म सडकमा उभिएर ट्राफिक सचेतना प्रदान गरे । कक्षा ६ र ७ का यी विद्यार्थीले आफ्नो २ पिरियड पढाई छाडेर ट्राफिक सचेतना प्रदान गरेका हुन् ।

हातमा फूल र चकलेट बोकेर सडक किनारमा उभिएका कलिला विद्यार्थीले पैदलयात्रीहरुलाई जेब्रा क्रसमार्फत बाटो काट्न मात्र सिकाएनन् । सवारी चालकलाई पनि ट्राफिक नियम उल्लंघन नगर्न आग्रह गरे ।

प्रकाशित मिति: ४ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्