विपक्षी नेताको छोरीको नाम विद्यालयसंग जुरेपछि…



धनगढी, जेठ ४
यसअघि स्थानीय तहको निर्वाचनमा कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा पराजित नेताकी छोरीको नाम स्थानीय एक विद्यालयसंग जुरेपछि जनप्रतिनिधिहरुले विद्यालयको नाम नै परिवर्तन गर्ने चलखेल सुरु गरेका छन् ।

गाउँपालिकाको अध्यक्षमा पराजित कांग्रेसका नेता राजसमझ चौधरीकी छोरी गरिमाको नाममा रहेको गरिमा प्रावि नामको नै परिवर्तन गर्ने चलखेल भइरहेको हो । सो विद्यालयको नाम लक्ष्मीप्रसाद देवकोटाको गरिमा कृतिको सम्झना गर्दै विद्यालयको नाम पनि गरिमा राखिएको थियो ।

तर, कैलारी गाउँपालिकामा विजयी जनप्रतिनिधिले भने विपक्षी दलका छोरीको नाममा स्कुलको नामाकरण भएको भन्दै विद्यालयलाई कुनै पनि योजना नै दिन आनाकानी गरिरहेका छन् ।

श्रोतका अनुसार विद्यालयको नाम फेर्नका लागि पनि जनप्रतिनिधि विच छलफल भएको छ । २०६४ सालमा स्थापना भएको विद्यालयमा एक जनाको मात्रै दरवन्दी रहेको छ । विद्यालयमा दरबन्दीका लागि पटक पटक प्रयास गरिएपनि असहयोग हुँदै आएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News