न्यायिक समितिमा महिला पीडित पुरूषका पनि उजुरी, जो घर निकाला भए


 


विराटनगर, जेठ ५
विराटनगर महानगरपालिका भित्रै पुरुष पनि महिलाहरुबाट हिंसाको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

विराटनगर महानगपालिकाको न्यायिक सेवा समितिमा महिलामाथिको हिंसा मात्र नभई पुरुषमाथि भएका हिंसाका उजुरीहरु पनि आउन थालेका हुन । नेपाल समाचारपत्रमा खबर छ ।

अहिलेसम्म पुरुषमाथिको हिंसाका तीन वटा उजुरीहरु न्यायिक समितिमा परेका छन । महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीको संयोजकत्वमा बनेको न्यायिक सेवा समितिले सेवा प्रदान गर्न थालेपछि हाल सम्म ९० भन्दा वढी उजुरीहरु आएका छन ।

समितिमा सम्वन्ध विच्छेद ,घरेलुु हिंसा, जग्गा विवाद, पुुरुष तथा महिला हिंसा साथै झैझगडा लगायतका उजुुरी आउने गरेको उपप्रमुख कार्कीले जानकारी दिनुभयो ।

उपप्रमुख कार्कीले हालसम्म घर निकाला गरेको भनेर पुरुषहरु माथिको हिंसामा तीनवटा उजुुरी परेको जानकारी समेत दिनु भयो ।

प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्