धानको भुस चोरेको आरोपमा वडाध्यक्षले नै दिए महिलालाई थुक चाट्ने सजाय



महोत्तरी, जेठ ६
पिपरा गाउँपालिका–६ का वडाध्यक्ष रामदेव हात्तीले स्थानीय एक महिलालाई धानको भुस चोरेको आरोपमा थुक चाट्न लगाएर सजाय दिएका छन् ।

स्थानीय सुकदेव साहकी ३७ वर्षीया श्रीमती समतोलियादेवी साहलाई वडाध्यक्ष हात्तीले भुस चोरेबापत सादा कागजमा सही गराएर थुक चाट्न लगाएका हुन् । नयाँ पत्रिकामा खबर छ ।

आफूमाथि वडाध्यक्षले कुटपिटसमेत गरेको पीडित साहले बताइन् । गत १६ वैशाखमा साहले छिमेकी जगरनाथ हात्तीको घरबाट नसोधीकन एक डालो भुस ल्याएकी थिइन् ।

आफूले खुट्टा समाएर माफी मागे पनि वडाध्यक्षले कुटपिट गर्दै सार्वजनिक ठाउँमा थुक चाट्न लगाएको साहले बताइन् । आफूमाथि वडाध्यक्षले अन्याय गरेको भन्दै उनले न्यायका लागि जिल्ला अदालतमा मुद्दा दायर गरेकी छिन् ।

प्रहरीले मुद्दा दर्ता गरे पनि वडाध्यक्षलाई कारबाही नगरेपछि अदालत गुहारेको उनले बताइन् । न्यायका लागि महिला तथा बालबालिका सेवा केन्द्रमा गए पनि न्याय नपाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News