रक्सी खान पैसा नदिएको झोकमा श्रीमतीको हत्या


 


सिन्धुली, जेठ ६
सिन्धुलीको घ्याङलेख गाउँपालिका ३ तामाजोर लप्सेका एकिङबहादुर गोलेले रक्सी खान आफूलाई पैसा नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन्।

लप्से निवासी ४६ वर्षीय गोलेले श्रीमती सुपरानी गोलेको गत शनिबार राति पन्युले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । अन्नपूर्णमा खबर छ ।

शनिबार गोलेले श्रीमतीसँग मदिरा सेवन गर्न दुई सय रुपैयाँ मागेको र श्रीमती सुपरानीले दिन नमान्दा सामान्य झगडा भएको परिवारले बताएको छ। श्रीमतीले मदिरा सेवन गर्न पैसा नदिए पनि गोलेले जबरजस्ती पैसा लगेर मदिरा पिएका थिए।

शनिबार मध्यराति १ बजे तिर श्रीमती सुपरानीले श्रीमानलाई खाना खान धेरै कर गरेपछि ढिला गरी खान बसेका गोलेले श्रीमतीलाई पुन्युले प्रहार गरेको पाइएको सिन्धुरीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए। मृतक सुपरानीका दुई छोरी र एक छोरा छन्।

प्रकाशित मिति: ६ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्