समयमै काम नसक्ने ठेकेदार जेलमा


 


काठमाडौं, जेठ ६
गृहमन्त्री रामबहादुर थापा बादलले काम नगर्ने ठेकेदारलाई एक पटक सच्चिने मौका दिने र त्यसअवधिमा पनि नसच्चिए जेलमा हाल्न निर्देशन दिएका छन् ।

विभिन्न मन्त्रालयका सचिव, पहरी प्रमुख, काठमाडौं तथा ललितपुरका मेयर, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बोलाएर बुधबार गृहमन्त्रीले निर्देशन दिएका हुन् ।

निर्देशनपछि गृह मन्त्रालयले भवन, सडक र पुल निर्माणको ठेक्का पाएर लापरबाही गर्ने ठेकेदार र कम्पनीको विवरण एक साताभित्र पठाउन बिहीबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

रायणगढ मुग्लिन सडकको स्तरोन्नती र सुधारको समय पाँचौ पटक थप्ने तयारी गरिएको छ । २४ महिनाभित्र सक्कने गरी सन् २०१५ अप्रिलबाट सुरु भएको सडक स्तरोन्नतीका लागि अहिलेसम्म चार पटक म्याद थप भइसकेका छन् ।

प्रकाशित मिति: ६ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्