मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा रोक, किन दिइएन अनुमति ?


 


काठमाडौं, जेठ ७
सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो। नागरिकमा खबर छ ।

मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी सरकारसक्ष अनुमति मागेका थिए।

प्रदेशस्तरमा कानुन, बजेट, नीति तथा तर्जुमा गर्न बाँकी रहेको र त्यसका लागि मुख्यमन्त्री आवश्यक पर्ने भन्दै मन्त्रिपरिषद् बैठकले राउतको भ्रमण रोकेको हो।

राउतले गैरसरकारी संस्थाको निम्तोमा अमेरिका जान गरेको प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले रोकेको सरकारका प्रवक्ता तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए।

मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को सोमबार अपराह्न बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: ७ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्