प्रधानमन्त्री ओलीसहि २० मन्त्रीले लुकाए सम्पत्ति


 


काठमाडौं, जेठ ७
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका २० मन्त्रीले सम्पति लुकाएका छन् । सरकार गठन भएको सय दिन पुग्न लाग्दासमेत प्रधानमन्त्रीसहित २० मन्त्री सम्पति विवरण सार्वजनिक गरेका छैनन् । नेपाल समाचारपत्रमा खबर छ ।

कानुनतः सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । सार्वजनिक नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दण्डित हुने व्यवस्था छ ।

अहिलेसम्म स्वास्थ्य, विज्ञान तथा प्रविधि मन्त्र गिरिराजमणि पोखरेल र कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मात्रै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति: ७ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्