अब अनुगमन गर्नेमाथि पनि अनुगमन, यसरी खटाइनेछ टोली


 


काठमाडौं, जेठ ८
सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गर्दै अनुगमन गर्नेमाथि पनि अनुगमन गर्ने नीति अगाडि ल्याएको छ ।

यसकारण आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा अनुगमनमाथि अर्को अनुगमन गर्ने कुरा उल्लेख गरिएको छ ।

सरकारले खटाएका अनुगमन टोलीमाथि उसको कामको प्रभावकारिता हेर्न प्रधानमन्त्रीको कार्यालयबाट अर्को अनुगमन गरिने भएको हो । अन्नपूर्णमा खबर छ ।

भ्रष्टाचार र ढिलासुस्तीविरद्ध कठोर हुने संकेत गर्दै सरकारले दोहोरो अनुमगन प्रणाली विकास गर्ने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त सदनमा प्रस्तुत गरेका नीति तथा कार्यक्रममा अहिले हुने गरेका अनियमितता, भ्रष्टाचार तथा कर्मचारीकै मिलेमतोमा हुने गडबडीलाई रोक्न दोहोरो अनुगमन प्रणाली ल्याउन लागिएको जनाइएको छ ।

अहिले प्रधानमन्त्री कार्यालय मातहतमा राजश्व अनुसन्धान विभाग, सम्पत्ति सुद्धीकरण विभाग तथा राष्ट्रि अनुसन्धान विभाग रहेका छन् । अनुगमनको जिम्मा पाएका यी निकायलाई पनि प्रभावकारी बनाउन सरकारले अनुगमन माथि अनुगमन गर्ने भएको हो ।

प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्