गृहमन्त्रीले ठेकेदारलाई दिए दुई विकल्प


 


काठमाडौं, जेठ ८
गृहमन्त्री रामबहादुर थापा बादलले ठकेदाहरूलाई सच्चिएर काम गर्ने कि कारबाही भोग्ने’ भन्ने दुई वटा विकल्प दिएका छन् ।

उनले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने र कमसल काम गर्नेका विरूद्द सरकार अब चुप लागेर नबस्ने चेतावनी दिए । नयाँ पत्रिकामा खबर छ ।

गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएका नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डलाई गृहमन्त्री बादलले विगतका कमजोरीलाई सच्याएर काममा गुणस्तरता बढाउन र ढिलासुस्ती हटाउन भनेका हुन् ।

उनले विगतमा जे जस्तो काम भएपनि अब सरकार तुरुन्तै एक्सन लिने बताए ।
‘कुन कर्मचारीले घुस माग्छ, कुन इञ्जिनियरले घुस माग्छ त्यसको सूचना हामीलाई दिनुस् ।’ उनले भने, ‘उनीहरुलाई तत्कालै जेल हाल्छौँ ।’ उनले कुनै कर्मचारीले नियतबस फाइल अड्काएर राखेर दुःख दिए पनि कारबाही गरिने बताए ।

यसअघि मन्त्री, कर्मचारीदेखि ठेकेदारसम्मको मिलेमतोमा यस्तो कमजोरीको हुने गरेको गुनासो आएको भन्दै अब त्यस्तो कार्य स्विकार्य नहुने गृहमन्त्रीको भनाइ छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्