ओली सरकारको सय दिनः के–के गर्‍यो काम ?


 


काठमाडौं, जेठ ११
केपी ओली नेतृत्वको सरकारले एक सय दिन पूरा गरेको छ । यसअवधिमा सरकारले महत्वपूर्ण कामका रुपमा भारतसँगको सम्बन्ध सुधारलाई लिएको छ । अन्नपूर्णमा खबर छ ।

फागुन ३ गते प्रधानमन्त्री चुनिएको दोस्रो महिनामा चैत २३ देखि २५ सम्म ओलीले पहिलो विदेश भ्रमण दक्षिण छिमेकबाट सुरु गरेका थिए। तेस्रो महिना वैशाख २८ र २९ मा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गरे।

अन्तर्राष्ट्रिय प्रचलनमा ‘मधुमास’ भनिने सरकारको सय दिनलाई ‘बिहानीले गर्ने दिनको संकेत’का अर्थमा लिने गरिन्छ।

सय दिनअघि प्रधानमन्त्री नियुक्त हुँदा राजनीतिक स्थिरता, आर्थिक समृद्धि र विकासप्रति जनअपेक्षाका अनगिन्ती चुनौतीले उनी घेरिएका थिए। संविधान निर्माणसँगै चिसिएको भनिएको भारतसँगको सम्बन्ध सुधार पनि सरकारको चुनौती थियो।

यसअवधिमा उच्चस्तरीय राजनीतिक भ्रमणसँगै नेपाल(भारतबीच विभिन्न सम्झौता समेत भएका छन्।
सरकारले उत्तरी छिमेकी चीनसँगको सम्बन्धलाई आफ्नो प्राथमिकतामा राखेको छ। प्रधानमन्त्री ओली आउँदो एक महिनाभित्र चीन जाने तयारीमा छन्।

यसबीचमा सत्ता साझेदारको रुपमा रहेको तत्कालिन माओबादी केन्द्रसंग पार्टी एकीकरण गर्दै प्रधानमन्त्री ओली शक्तिशाली एकीकृत पार्टी नेकपाका तर्फबाट सरकारको नेतृत्व गरिरहेका छन् । सरकारलाई आफ्ना नीति र कार्यक्रम लागू गर्न संसदीय शक्तिका हिसाबले सजिलो पनि छ।
भ्रष्टाचारको मामिलामा कबोल गरेअनुसारको नतिजा नआएकाले चुनोति पनि त्यत्तिकै रहेको प्रष्ट हुन्छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्