मेलम्चीको काम कछुवा गतिमा, कहिले पुग्छ काठमाडौंमा पानी ?


 


काठमाडौं, जेठ १२
उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ। तर काम भने कछुवाको गतिमा अगाडि बढेको छ।

अघिल्लो वर्षको दशैंमा उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउने भाका तोके पनि कामले गति लिन नसकेपछि भाका सरेर यस वर्षको दशैंसम्म आइपुगेको छ। तर यस वर्षको दशैंसम्ममा पानी खुवाउने भाका पूरा हुने नहुने अझै पनि निश्चित छैन। नेपाल समाचार पत्रमा खबर छ । ण्

सुरुङ खनेर फिनिसिङको काम गरिरहेको इटालियन कम्पनी सीएमसी दि रिभेनाले विभिन्न बहाना बनाएर पटकपटक गरी पछिल्लो चरणमा पनि काम ठप्प पार्नेदेखि काममा ढिलाइ गरिरहेको छ।

भूकम्प र नाकाबन्दीका बेला काम गर्न नपाएको भन्दै विलम्ब शुल्क माग्ने, निर्माण सामग्री ढुवानी गर्न रकम अभाव देखाउँदै काम ठप्प पार्ने काम ठेकेदार कम्पनीले गरेको छ।

प्रकाशित मिति: १२ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्