हुण्डी कारोबारीसमेत सुन तस्करीमा, अन्टरवल्र्ड दाउद पनि सक्रिय


 


काठमाडौं, जेठ १३
सुन तस्करीमा हुन्डी कारोबारीहरूको सक्रिय सहभागिता रहेको खुलासा भएको छ ।

यस्तो कारोबारमा नेपाल, दुबई र भारतका ठूला व्यापारी, गुन्डा नाइके एवं पेसेबर डाँकाको समेत मुख्य भूमिका रहने गरेको सुन तस्करी र सनम शाक्य हत्या प्रकरण छानबिन समितिले खुलासा गरेको छ । अन्नपूर्णमा खबर छ ।

सुन तस्करीका विभिन्न जालोमध्ये हुन्डी कारोबार गर्ने व्यापारीको जालो डरलाग्दो रहेको अनुसन्धानमा खुलेको समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले बताए । ‘सुन तस्करीका क्रममा हुन्डीबाट ठूलो रकम जम्मा गरी तस्करबीच हिसाब मिलान गर्ने गरेको समेत पाइयो’, उनले भने ।

सुन तस्करीसँगै हुन्डी कारोबारमा मोहनकुमार अग्रवाल, भुजुङ गुरुङ, डेबिट भनिने छिरिङ दोर्जे शेर्पा र सुन काण्डका मुख्य अभियुक्त भनिएका गोरे भनिने चुडामणि उप्रेतीबीच लामो समयदेखि साँठगाँठ रहँदै आएको छ ।

सुन तस्करीमा मुछिएका यी व्यक्तिको साँठगाँठ कुनै न कुनै रूपमा उच्च तहका राजनीतिक नेतृत्वसँग समेत जोडिएको हुन सक्ने पौडेलको दाबी छ ।

नेपालमा दैनिक अर्ब रुपैयाँभन्दा बढी रकम हुन्डीमार्फत कारोबार हुने गरेको प्रहरी बताउँछ । ‘मुख्य सुन कारोबारीको म नाम दिन्छु, पक्राउ गर्ने हिम्मत छ’ भन्दै गोरेले प्रहरीमाथि प्रश्न तेस्र्याएका व्यक्ति हुन् कुख्यात अन्डरवल्र्ड दाउद इब्राहिम ।

इब्राहिम भारतीय अन्डरवल्र्ड कुख्यात अपराधी हुन्, जसलाई भारतले मोस्ट वान्डेट सूची र इन्टरपोलमार्फत खोजी गरिरहेको छ । इब्राहिमले हुन्डी व्यवसायसमेत सञ्चालन गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्