ललाइफकार्इ किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई सफार्इ



पाँचथर, जेठ १४

पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् ।

फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो ।
उनी एक किशोरीलाई ललाइफकाइ पटकपटक करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका थिए । जिल्ला न्यायाधीश मनोज केसीको फैसलाबाट ठटालले सफाइ पाएका हुन् ।

एक विपन्न परिवारको किशोरीलाई गर्भवती बनाएका ठटालले किशोरीको अभिभावकलाई पैसा दिएर गर्भपतन गराउन खोजेपछि रहस्य सार्वजनिक भएको थियो ।

फिदिमस्थित औषधि पसलमा उनका बाबुले गर्भपतन गराउने औषधि मागेपछि पसल सञ्चालकले सोधखोज गरेका थिए । यस क्रममा पीडित किशोरीका बाबुले छोरीलाई ठटालले बलात्कार गरेको र उनैले गर्भपतन गराउन पठाएको बताएपछि उक्त विषय सार्वजनिक भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News