बुढीगण्डकी आयोजना फेरि गेजुवालाई दिने खेल, के छ बजेटमा ?


 


काठमाडौं, जेठ १६
बुढीगण्डकी आयोजना फेरि गेजुवालाई दिने खेल सुरु भएको छ । दलहरुबीच पेचिलो राजनीतिक मुद्दा बनेको बूढीगण्डकी पुनः बेचिने सम्भावना बढेको हो। अन्नपूर्णमा खबर छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा बूढीगण्डकी कुन मोडालिटीमा बनाउने भन्ने उल्लेख छैन ।

बजेटको बुँदा नं.१४४ मा ‘बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण सम्पन्न गरी निर्माण प्रक्रिया अघि बढाइने’ मात्र उल्लेख भएको तर ‘बोलपत्र’ वा ‘प्रतिस्पर्धामार्फत’ भन्ने शब्द नभएकाले पुरानै कम्पनीलाई पहिलेकै ढर्रामा दिन खोजिएको अर्थ लगाइएको छ ।

जबकी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गत वैशाख २५ गते जारी गरेको ‘‘ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको वर्तमान अवस्था र मार्गचित्र’ (श्वेतपत्र) को बुँदा नं. ४६ मा बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आगामी आर्थिक वर्षभित्र ‘बोलपत्र प्रक्रिया’ सुरु गरिने घोषणा गरेको थियो ।

सरकारले गत जेठ ११ गते संघीय संसदमार्पmत सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि बूढीगण्डकीका सन्दर्भमा ‘प्रतिस्पर्धा’ शब्द परेको छैन । नीति तथा कार्यक्रम लगत्तै आएको बजेटमा पनि मन्त्रालयले सार्वजनिक गरिको कटिबद्धतालाई हटाएको छ ।

 

प्रकाशित मिति: १६ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्