दुई सातामै नेकपाको नाम परिवर्तन, के रह्यो पार्टीको नयाँ नाम ?


 


काठमाडौं, जेठ १७
नेकपा एमाले र माओबादी कन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी गठनको दुई सातामै नाम परिवर्तन भएको छ ।

नाम परिवर्तनपछि अब नेकपाको नाम नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्ने निर्णय गरिएको छ । आजको नागरिकमा खबर छ । दुई दलबीच जेठ ३ गते एकीकरण भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी नाम राखेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो।

पार्टी दर्ता विषयमा हामी निर्वाचन आयोगसँग निरन्तर छलफलमा रहेको र नामका विषयमा आयोगलाई आवश्यक कागजात पनि पठाइएको संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्बाङले बताए ।

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नामक दल पहिला नै दर्ता भइसकेको र सोही नाममा अन्डरलाइन गरेर अर्को दल बनाउँदा फरक छुट्याउन अप्ठेरो हुने भन्दै नाम फेर्न सुझाव दिएपछि नयाँ निर्णय लिइएको जनाइएको छ ।

आयोगमा ऋषि कट्टेलको नेतृत्वमा नेकपा कम्युनिस्ट पार्टी दर्ता छ भने नेत्रविक्रम चन्दले नेपाल कम्युनिष्ट पार्टीका नाममा गतिविधि गर्दै आएका छन्।

प्रकाशित मिति: १७ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्