कुनै प्रधानमन्त्रीले नगरेको काम गर्दै ओली, यसरी गर्दैछन् पश्चिमा राष्ट्रप्रमुखको सिको


 


काठमाडौं, जेठ १८
प्रधानमन्त्री केपी ओलीले नेपालमा यसअघिका प्रधानमन्त्रीहरुले नगरेको आधुनिक प्रचार शैली अपनाइरहेका छन् । पश्चिमा राष्ट्रका कार्यकारी प्रमुखले जस्तै नेपालमा पनि ओली आधुनिक प्रचार शैलीको उच्चतम विधि प्रयोग गर्न थालेका हुन्।

आफ्नो सरकारका नीति कार्यक्रमदेखि राष्ट्रिय महत्वका विषयमा समेत प्रधानमन्त्रीले ‘हाइटेक’ प्रचार शैली अपनाउन थालेका छन्। अन्नपूर्णमा खबर छ ।

नेपालमा यसअघिका प्रधानमन्त्रीले नपनाएको प्रचार शैली अपनाएर उनले आफूलाई भिन्न देखाउन खोजेका छन्। ‘प्रधानमन्त्री सरकारका कामका विषयमा जनताले थाहा पाउनुपर्छ भन्नेमा आफैं सचेत हुनुहुन्छ। त्यसैले उहाँकै निर्देशन र इच्छामा सचिवालयले आधुनिक प्रचार शैली अपनाउन थालेको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले भने।

प्रधानमन्त्रीले अहिले महत्वपूर्ण कार्यक्रममा आफूले भाषण गर्दा ‘टेलिप्रोम्प्टर’ को प्रयोग गर्न थालेका छन्। कुनै विषयको मन्तव्यका क्रममा सहयोगी सन्दर्भ सामग्रीका लागि विश्वका भीआईपीहरूले ‘टेलिप्रोम्प्टर’को प्रयोग गर्दै आएका छन्।

नेपालमा भने यस्तो प्रविधि प्रयोग गर्ने पहिलो प्रधानमन्त्री ओली हुन्। यसअघि नेपालका कुनै पनि प्रधानमन्त्रीले यो प्रविधिको प्रयोग गरेका थिएनन्।

प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्