कसरी हुन्थ्यो सुन तस्करी ? आत्मसमर्पण गरेका एसएसपी खत्रीले खोले राज


 


काठमाडौं, जेठ १८
विहीबार अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले सुन तस्करीबारे आफूले गरिरहेको कामबारे खुलाएका छन् । उनले बयानका क्रममा २०६८ सालदेखि नै सुन तस्करलाई लाईन मिलाउने काम गरेको खुलाएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखामा रहँदा उनी सुन तस्करको सम्पर्कमा पुगेका हुन् । त्यसयता उनले नै तस्करलाई प्रहरीको लाईन मिलाउँदै आएका थिए । नागरिकमा खबर छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी ले २०७३ पुस २९ मा साढे ३३ किलो सुन बरामद गरेपछि सुनतस्करसँगको उनको सम्बन्ध खुलेको हो ।

त्यति बेला रञ्जितकुमार गुप्ताले सिआईबीलाई दिएको बयान अनुसार २०६८ देखि खत्री सुन व्यापारीसँगको संगतमा रहेका थिए ।

प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्