गाडी चढ्ने रहर पूरा गर्न गहना बेचेर सडक


 


बझाङ, जेठ १९
बझाङको तलकोट गाउँपालिकाका बासिन्दाले सुनका गहना बिक्री र कमाइखाने जग्गा बन्धकी राखेर ६ किलोमिटर सडक निर्माण गरेका छन् ।

तलकोट –५ का खौला, बेतकाला, भण्डारी र कोट गाउँका स्थानीयले यसरी ६ किलोमिटर सडक निर्माण गरी गाउँमै गाडी पुर्याएका हुन् ।

सडक निर्माण खर्च जुटाउन सात तोला सुनका गहना बिक्री र जग्गा बन्धकी समेत राख्नुपरेको स्थानीयले बताए । एक सातादेखि सो सडकमा जिप गुड्न थालेका छन् । नागरिकमा खबर छ ।

सडक निमार्ण समतिका सचिव रगुवीर सिंहका अनुसार अहिलेसम्म ७५ लाख रुपैयाँ खर्च भएको छ । जसमध्ये २० लाख गाउँलेबाट संकलन भएको हो, १८ लाख साबिक धमेना र तलकोट गाविसले एक वर्षअघि सहयोग दिएका हुन् । बाँकी रकम तिर्न बाँकी छ । ३७ लाख रुपैयाँ एक्साभेटरलाई दिन बाँकी छ ।

एक्साभेटरसँग समतिले कपाली तमसुक गरेको छ । उनले पनि गाउँपालिकामा जननिर्वाचित प्रतिनिधि आएपछि धेरैपटक सहयोग लिखित–मौखिक निवेदन गर्दा पनि सहयोग नपाएको गुनासो गरे ।

प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्