दक्षिण कोरिया जान अब भाषाले मात्रै पुग्दैन, लागू भयो नयाँ शर्त


 


काठमाडौं, जेठ १९
दक्षिण कोरियामा रोजगार अनुमति (इपीएस) प्रणालीमार्फत काम गर्न जानेहरुको अब सीप दक्षता परीक्षण पनि गरिने भएको छ ।

यस अघि कोरियन भाषा क्षमताका आधारमा मात्रै कामदार छनोट हुँदै आएकोमा अब भने सीप पनि परीक्षण गरिने भएको हो । कान्तिपुरमा खबर छ ।

कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संशोधन विकास (एचआरडी) कोरियाले जनाएको छ ।

यस्तै, कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिनेछ । अंक प्रणाली तीन चरणमा लिइने छ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवं कार्य दक्षताको मूल्यांकन गरिनेछ ।

दुवै चरणबाट आएको अंकलाई जोडेर सबैभन्दा धेरै कुल प्राप्तांक ल्याउनेलाई प्राथमिकताका आधारमा अन्तिम छनोट गरिने छ ।

 

प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्