पेन्सनमा नै ४६ अर्ब २३ करोड खर्च !


 


काठमाडौं, जेठ २१
सेवानिवृत्त कर्मचारीलाई दिने पेन्सनवापतको खर्च अत्यधिक बढेपछि आर्थिक दायित्व नियन्त्रण गर्न सरकारले योगदानमा आधारित पेन्सन योजना लागू गर्ने निर्णय गरेको छ।

योगदानमा आधारित योजना लागू नगरे आगामी १० वर्षमा पेन्सनमा मात्रै वार्षिक १ खर्ब २५ अर्ब रुपैयाँ खर्च हुन सक्ने र राज्यले थेग्न नसक्ने भन्दै अर्थ मन्त्रालय नयाँ पेन्सन योजना कार्यान्वयनका लागि आवश्यक कानुन तर्जुमामा जुटेको हो। अन्नपूर्णमा खबर छ ।

अर्थ मन्त्रालयका अनुसार अहिले २ लाख ४० हजार ७ सय १९ जना सेवानिवृत्त कर्मचारीले नियमित मासिक पेन्सन बुझ्दै आएका छन्।

अर्थका अनुसार चालु आव २०७४÷७५ मा सेवानिवृत्त कर्मचारीको पेन्सनमा ४२ अर्ब रुपैयाँभन्दा धेरै खर्च हुने देखिएको छ भने आव २०७५÷७६ को बजेटमार्फत पेन्सन शीर्षकमा ४६ अर्ब २३ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

अर्थले गएका ८ वर्षमा पेन्सनमा ८ गुणा बढेको जनाएको छ। अर्थका अनुसार आव २०६७र६८ मा ६ अर्ब ८२ करोड रहेको पेन्सनको भार आव २०७५र७६ मा ४६ अर्ब २३ करोड १५ लाख पुगेको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्