एकै स्थानीय तहमा १३ सय विघा सरकारी जग्गा अतिक्रमण



धनगढी, जेठ २४
कैलालीको अत्तरिया आसपास वनक्षेत्रको १३ सय बिघा जग्गा विभिन्न संस्थाका नाममा अतिक्रमण भएको छ। कञ्चनपुुर जिल्लाको सिमाना चौकीडाँडादेखि चिसापानीसम्मको ९० किलोमिटर क्षेत्रमा अतिक्रमण भएको हो। अन्नपूर्णमा खबर छ ।

विभिन्न सामाजिक संस्थाहरूले पूर्वपश्चिम राजमार्गछेउ अत्तरियादेखि डडेलधुुरा जोड्ने भीमदत्त राजमार्ग, चुुरे क्षेत्रमा रहेका दर्जन बढी गाउँसँग जोडिएको जंगल क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गरेका छन्।

सबैभन्दा बढी गोदावरी नगरपालिका क्षेत्रमा मात्र ५ वर्षयता १३ सय बिघाभन्दा बढी सरकारी जग्गा अतिक्रमण भइसकेको छ।

५ वर्षअघि साविक गेटा गाविसको वडा नम्बर ३ मा ३ सय बिघा आबादी जग्गा तथ्यांकमा रहेको थियो। अहिले अत्तरिया क्षेत्रमा झन्डै १३ सय बिघा जमिन आबाद गरिएको छ।

दुुर्गालक्ष्मी सामुुदायिक वन र सुुरक्षा महिला सामुुदायिक वनमा विभिन्न सामाजिक संघ संस्थाले वनक्षेत्र कब्जा गर्दै आफ्ना कार्यालय भवन निर्माण गरेका छन्। दुुर्गालक्ष्मी सामुुदायिक वनमा नेपाल रेडक्रस सोसाइटी उपशाखा अत्तरियाले पहिलो तलाको ढलान हालेर कब्जा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News