बहुविवाह गरे जागिरबाट बर्खास्त !



काठमाडौं, जेठ २६

अब निजामती कर्मचारीले बहुविवाह गरे जागिरबाट बर्खास्त हुने भएका छन् । सरकारले बहुविवाह गर्ने कर्मचारीलाई सेवाबाट हटाउने गरी नयाँ कानूनको खाका तय गरेको  छ । राजधानीमा खबर छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तय गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सोका सर्तको व्यवस्था गर्न बनेको विधेयकमा कर्मचारीले बहुविवाह गरेको अवस्थामा बर्खास्त हुने प्रावधान छ ।

निजामति सेवा ऐन, २०४९ (चौथो संशोधन २०७२) मा यो प्रावधान नभए पनि नयाँ कानूनमा बहुविवाह गर्ने कर्मचारीलाई पनि बर्खास्त गर्ने नियम ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News