अध्ययनमा विदेश जाने कर्मचारीलाई पनि लगाम, यस्तो बन्यो प्रावधान


 


काठमाडौं, असार २
बेतलबी बिदा लिएर विदेश जाने तर फर्केर कार्यालयमा हाजिर गर्न नआउने कर्मचारीलाई सरकारले लगाम लगाउने भएको छ। यसैगरी आफूखुसी अध्ययन बिदामा विदेश जाने कर्मचारीलाई पनि सरकारले लगाम लगाउने भएको छ।

सरकारले बेतलबी बिदा बसेका कर्मचारी बिदा अबधि सकिएपछि अनिवार्यरूपमा कार्यालयमा हाजिर हुन आउनुपर्ने प्रावधान राख्दै संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा तयार गरेको छ। नागरिकमा खबर छ ।

मस्यौदामा कर्मचारीहरू आफूखुसी अध्ययन भ्रमणका नाममा विदेश जान नपाउने प्रावधान राखिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मस्यौदामा बेतलबी बिदामा विदेश जाने कर्मचारीले बिदा लिनुअघि बिदा अवधि सकिएपछि अध्ययन बिदाबराबरको सेवा गर्ने कबुलियतनामा गर्नुपर्ने प्रावधान राखिएको छ।

 

प्रकाशित मिति: २ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्