सरकारमा सहभागिताबारे राजपामा विवाद, नेताहरु तीन धारमा


 


काठमाडौं, असार २
सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीमा विवाद देखिएको छ । सरकारमा सहभागिताबारे नेताहरु तीन धारमा विभाजित भएपछि राजपा सरकारमा जाने नजानेबारे विवाद सृजना भएको हो । नयाँ पत्रिकामा खबर छ ।

सरकारलाई हेर्ने दृष्टिकोणमै राजपा नेताहरूमा तीन धार देखिएको छ । एउटा पक्ष सरकारमा जाने र अर्को पक्ष जान नहुने पक्षमा छन् । तेस्रो पक्ष भने तटस्थ छ । तर, सरकारमा जानुपर्ने धार नै बलियो देखिन्छ ।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन् । सरकारमा जान तयार भए पनि वातावरण बनिनसकेको राजपाका नेताहरूले बताउने गरेका छन् । अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारमा सहभागिताबारे छलफल भए पनि कुनै प्रगति नभएको बताए ।

राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायत सरकारमा जानुपर्ने पक्षमा छन् । अनिल झा र महेन्द्र राय यादव सरकारमा जानै नहुने अडानमा छन् । राजकिशोर यादव भने तटस्थ छन् ।

केही समयअघि महन्थ ठाकुर पनि तटस्थ नै थिए । तर, अहिले प्रधानमन्त्रीसँग छलफलमा छन् । राजपा स्रोतका अनुसार अहिले सरकारमा जाने मत बलियो बन्दै गएको छ ।

प्रकाशित मिति: २ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्