डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल, स्वास्थ्य थप जटिल


 


काठमाडौं, असार ३
पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भएको छ । क्यान्सरकै कारण उनको मिर्गौला फेल भएको चिकित्सकले बताएका छन् । नयाँ पत्रिकामा खबर छ ।

पित्तथैलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनले मिर्गौला फेल गराएको उनीहरूको भनाइ छ ।

देवकोटाको उपचार भइरहेको बाँसबारी न्युरो अस्पतालका जनसम्पर्क अधिकृत काशीराज घिमिरेले उनको दुई साताअघि दुवै मिर्गौला फेल भएको जानकारी दिए ।

मिर्गौला फेल भएको पुष्टि भएसँगै देवकोटाको न्युरो अस्पतालको आइसियुमै नियमित डायलाइसिस गरिएको छ ।
क्यान्सरले गलेका देवकोटाको मिर्गौलासमेत फेल भएपछि स्वास्थ्य थप जटिल बनेको चिकित्सक बताउँछन् ।

प्रकाशित मिति: ३ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्