सवा करोड बढी ठगेर ठेकेदार फरार


 


पर्वत, असार ३
पर्बतमा स्थानीय व्यवसायी र सर्वसाधारणहरुबाट एक करोड बढी रकम ठगेर पेटी ठेकेदार फरार भएका छन् । गुणस्तरहीन काम गर्दा पनि प्राविधिक कार्यालयबाट भुक्तानी दिइएको निर्माण कम्पनीका पेटी ठेकेदार फरार भएका हुन् । कान्तिपुरमा खबर छ ।

मुडिकुवा झकलाल सडकको ठेकेदारले कुस्मा, फलेवासलगायतका स्थानीयलाई एक करोड २६ लाख २ हजार ९ सय ८७ रुपैयाँ तिर्न बाँकी रहेको फेला परेको हो ।

आगामी असार २० मा सम्झौता मिति सकिने उक्त सडकमा अहिलेसम्म ६० प्रतिशत काम मात्र पूरा भएको छ । कालोपत्रे गर्न लाग्एिको सडक ओएसिस इन्जिनियरिङ एण्ड बिल्डर्स कम्पनीका सञ्चालक अच्युतराज पाण्डेले ठेक्का लिएका थिए ।

उनले रसुवास्थित डाँडागाउँका मंगले तामाङलाई पेटी ठेक्का दिएका थिए ।

प्रकाशित मिति: ३ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्