बलात्कार आरोपीलाई रिहाई गर्न प्रदर्शन


 


दाङ, असार ३
बलात्कारको आरोपमा पक्राउ परेका एक युवकलाई छुटाउन माग गर्दै दाङको गढवामा स्थानीयले प्रदर्शन गरेका छन् ।

स्थानीयले प्रशासनविरुद्ध नाराबाजी इलाका प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । नयाँ पत्रिकामा खबर छ । प्रदर्शनले उग्र रुप लिन थालेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ ।

झडपमा ३ जना प्रहरी र ८ जना प्रदर्शनकारी घाइते भएका छन् । गढवा ६ का भरतप्रताप यादव र सोही ठाउँकी १४ वर्षीया किशोरीबीच २८ फागुन ०७४ मा प्रेम विवाह भएको दाबी केटापक्षले गरेका छन् । केटापक्षका अनुसार ४ महिना उनीहरुसँगै बसेका थिए ।

केटापक्षले किशोरी अस्वीकार गरेपछि किशोरीका अभिभावकले जेठ १६ गते यादवविरुद्ध प्रहरी कार्यालयमा बलात्कारको मुद्दा दर्ता गरेका थिए । त्यसयता यो विवाद चर्केको हो ।

प्रकाशित मिति: ३ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्