मन्दिरमा दलित महिला पुजारी, आशीर्बाद लिनेको भिड


 


दाङ, असार ७
देशबाट छुवाछुत हट्न नसकेका बेला दाङको एक मन्दिरमा दलित महिलालाई पूजारी राखिएको छ । स्थानीयले मन्दिर निर्माण गरी दलित महिलालाई पुजारी राखेका हुन् । नयाँ पत्रिकामा खबर छ ।

मन्दिरमा पूजा गर्न आउने ‘उपल्लो जात’का मानिस उनीबाटै आशीर्वाद लिन्छन् ।घोराही उपमहानगरपालिका–१८ स्थित नागेश्वर महादेव मन्दिरमा स्थानीय पार्वती विश्वकर्मा पुजारी भएर काम गरिरहेकी छिन् ।

भारतमा जन्मिएकी पार्वती तीन वर्षअघि तीन छोरी र श्रीमानका साथ नेपाल आएकी थिइन् । ४१ वर्षीया पार्वती नेपाल आएर स्थायी रूपमा बस्ने गरी जग्गा किनेकी थिइन् । उनी तीन वर्षदेखि मन्दिरमा पुजारी बनेकी छिन् ।

अहिले मन्दिरमा पूजा गर्न दिनहुँ सयौँको भिड लाग्छ । मंगलबार र बुधबार साँझ नागले दर्शन दिने विश्वासमा मन्दिरमा पुग्ने गरेका छन् ।

यो क्षेत्रमा क्षेत्री र ब्राह्मण समुदायको बसोवास रहेको छ । स्थानीयकाअनुसार सुरुमा कतिपयले पार्वतीलाई दलित भएकै कारण पुजारी स्विकार्न मानेका थिएनन् । तर, अहिले भने त्यस्तो छैन ।

प्रकाशित मिति: ७ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्