राजपा संसदीय दलको नेतामा महन्थ ठाकुर



राजपा संसदीय दलको आज बसेको बैठकले अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई संसदीय दलको नेतामा चयन गरेको राजपाका सांसद एकवाल मियाँले जानकारी दिए।

संयोजक ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो नेताका लागि आकांक्षी थिए। ठाकुर पक्ष सहमतिमा दलको नेता चयनको लागि प्रयास गरिरहेका थिए भने महतो निर्वाचनमै गएर भए पनि आफू अध्यक्ष बन्न चाहेका थिए। तर अन्तिममा ठाकुरले सो पद पाएका हुन्।

निर्वाचन सम्पन्न भएको लामो समयसम्म पनि दलको नेता चयन गर्न नसक्दा आलोचना हुने गरेको थियो। पछिल्ला केही दिन भने सहमति वा निर्वाचनबाट दलको नेता चयन गर्ने विषयमा पार्टीमा कसरत भइरहेको थियो।

अध्यक्ष मण्डलका अन्य ३ सदस्य हरु राजकिशोर यादव,महेन्द्र राय यादव,र अनिल झा संसदीय दलको नेताका लागि ठाकुरको पक्षमा उभिँदै आएका थिए भनी उता अर्का सदस्य शरदसिंह भण्डारीले भने महतोको पक्ष लिइरहेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News