ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द, अब के हुन्छ ?


 


काठमाडौं, साउन ३
सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक वर्ष २०७४÷७५ मा ट्रायल पास परेका तर राजस्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था छ ।

यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजस्व तिर्न बाँकी रहेका २÷३ हजारको लाइसेन्स रद्द हुने भएको छ । साथै रि–ट्रायल पनि हुने छैन । कारोबारमा खबर छ ।

मंगलबार यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र जगाती, एकान्तकुना, ठूलोभ(याङ, सुकेधारासहित देशभरका कार्यालयमा अघिल्लो आव ९२०७४(७५० मा ट्रायल पास गरेका र राजस्व तिर्न बाँकी भएका सेवाग्राहीहरू लाइसेन्स कार्यालय पुगेका थिए ।

तर, कार्यालयले उनीहरूलाई कार्यविधिअनुसार नमिल्ने र विभागबाट निर्देशन नआएका फर्काइएको कार्यालयहरूले जनाएका छन् ।

मंगलबार अघिल्लो आर्थिक वर्षमा ट्रायल पास गरेकाहरू नयाँ आर्थिक वर्ष २०७५-७६ ९आज०मा आएकाले कार्यविधि अनुसार राजस्व लिन नमिल्ने भएकाले उनीहरूबाट राजस्व लिन नसकिएकाले फर्काइएको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र जगातीका कामुप्रमुख राजनप्रसाद पौडेलले बताए ।

प्रकाशित मिति: ३ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्