रहस्यमय बन्दै धामी हत्या, २४ जना बढी पक्राउ


 


धादिङ, साउन ९
गत शनिवार गाउँलेको कुटाइबाट हत्या गरिएको भनिएको घटना रहस्यमय बन्दै गएको छ ।

सदरमुकाम धादिङबेसीबाट २ दिनको पैदल दुरीमा रहेको गंगा–जमुना गाउँपालिका–२ को लताव गाउँमा शनिवार २ स्थानीय धामी ६५ वर्षीय साइँला तामाङ र ५५ वर्षीय नरुङ्ग तामाङको स्थानीयबासीको कुटाइबाट मृत्यु भएको थियो ।

गाउँलेको सामुहिक कुटाइपछि ज्यान गुमाएका भनिएका २ धामीको शव तत्कालै जलाएपछि मात्रै घटना बाहिर आएको हो । अन्नपूर्णमा खबर छ ।

घटनाको अनुसन्धानको लागि खटिएको प्रहरी टोली स्थलगत अनुसन्धान गरेर फर्किएको छ ।

अनुसन्धानका क्रममा २४ जना भन्दा धेरै स्थानीयलाई नियन्त्रणमा लिइ जिल्ला सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

प्रकाशित मिति: ९ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्