मोटरसाइकलमा प्रदेशपिच्छे फरक कर, कहाँ कति छ ?



काठमाडौं, साउन १०
मोटरसाइकलमा प्रदेशपिच्छे फरक कर रहेको छ । सरकारले मोटरसाइकलमा कर वृद्धि गरिरहेको छ। कर संकलनको अधिकार पाएको प्रदेश सरकारले फरक–फरक कर तोकेका हुन्। अन्नपूर्णमा खबर छ ।

गत आर्थिक वर्षसम्म यातायात व्यवस्था विभाग अन्तर्गतको यातायात कार्यालयले संकलन गर्दै आएको मोटरसाइकलको वार्षिक कर अब भने प्रदेश सरकारले संकलन गर्ने भएको हो ।


प्रदेश नं. १
प्रदेश नं. १ अन्तर्गतको जिल्लामा दर्ता भई सञ्चालनमा रहेको मोटरसाइकलले अब वार्षिक कर न्यूनतम २८ सयदेखि १६ हजार ५ सय रुपैयाँसम्म तिर्नपर्ने भएको छ। जसमा १२५ सीसीसम्मको मोटरसाइकलका लागि २८ सय रुपैयाँ, १२६–२५० सीसीसम्मका लागि ४५ सय रुपैयाँ, २५१–४०० सीसीसम्मका लागि नौ हजार रुपैयाँ र ४०१ सीसीभन्दा माथिका लागि १६ हजार ५ रुपैयाँ तय भएको छ।

प्रदेश नं. २
प्रदेश नं. २ को सरकारले पनि मोटरसाइकलका लागि वार्षिक कर २५ सयदेखि १५ हजार रुपैयाँसम्म तोकेको छ। जसमा १२५ सीसीसम्मको मोटरसाइकलका लागि २५ सय रुपैयाँ, १२६(२५० सीसीसम्मका लागि चार हजार रुपैयाँ, २५१–४०० सीसीसम्मका लागि आठ हजार रुपैयाँ र ४०१ सीसीभन्दा माथिका लागि १५ हजार रुपैयाँ रहेको छ।

प्रदेश नं. ३
सबैभन्दा बढी मोटरसाइकल प्रयोग हुने प्रदेशअन्तर्गत ३ नम्बर प्रदेश पर्दछ। प्रदेश नं. ३ को सरकारले मोटरसाइकलको वार्षिक कर न्यूनतम २७ सय ५० देखि अधिकतम १६ हजार ५ सय रुपैयाँ तोकेको छ। जसमा १२५ सीसीसम्मको मोटरसाइकलका लागि २७ सय ५० रुपैयाँ, १२६–२५० सीसीसम्मका लागि ४४ सय रुपैयाँ, २५१(४०० सीसीसम्मको लागि ८ हजार ८ सय रुपैयाँ र ४०१ सीसीभन्दा माथिका लागि १६ हजार ५ सय रुपैयाँ तय गरेको छ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशको सरकारले मोटरसाइकलको सीसीअनुसार चार तहमा वार्षिक कर तोकेको छ। गण्डकी प्रदेशअन्तर्गत दर्ता भई सञ्चालनमा रहेका मोटरसाइकल तथा स्कुटरले वार्षिक कर न्यूनतम २५ सयदेखि १५ हजार रुपैयाँसम्म तिर्नुपर्ने भएको छ। जसमा १२५ सीसीसम्मको मोटरसाइकलका लागि २५ सय रुपैयाँ, १२६(२५० सीसीसम्मका लागि चार हजार रुपैयाँ, २५१(४०० सीसीसम्मका लागि आठ हजार रुपैयाँ र ४०१ सीसीभन्दा माथिका लागि १५ हजार रुपैयाँ तय गरेको छ।

प्रदेश नं. ५
प्रदेश नं. ५ को सरकारले पनि मोटरसाइकल प्रयोगकर्ताका लागि वार्षिक न्यूनतम कर २५ सयदेखि १५ हजार रुपैयाँसम्म तोकेको छ। जसमा १२५ सीसीसम्मको मोटरसाइकलका लागि २५ सय रुपैयाँ, १२६(२५० सीसीसम्मका लागि चार हजार रुपैयाँ, २५१(४०० सीसीसम्मको लागि आठ हजार रुपैयाँ र ४०१ सीसीभन्दा माथिका लागि १५ हजार रुपैयाँ तय भएको छ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशअन्तर्गत दर्ता भएका मोटरसाइकल तथा स्कुटरले सीसीअनुसार न्यूनतम २५ सयदेखि १५ हजार रुपैयाँसम्म वार्षिक कर तिर्नुपर्ने भएको छ। जसमा १२५ सीसीसम्मको मोटरसाइकलका लागि २५ सय रुपैयाँ, १२६(२५० सीसीसम्मका लागि चार हजार रुपैयाँ, २५१(४०० सीसीसम्मका लागि आठ हजार रुपैयाँ र ४०१ सीसीभन्दा माथिका लागि १५ हजार रुपैयाँ तोकिएको छ।

प्रदेश नं. ७
प्रदेश नं. ७ को सरकारले भने अन्य प्रदेशको भन्दा एक तह बढाएर मोटरसाइकल तथा स्कुटरको सीसीअनुसार वार्षिक कर तय गरको छ। प्रदेश नं. ७ का मोटरसाइकल प्रयोगकर्ताले न्यूनतम २५ सयदेखि अधिकतम ३० हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्ने भएको छ। जसमा १२५ सीसीसम्मको मोटरसाइकलका लागि २५ सय रुपैयाँ, १२६–१५० सीसीसम्मका लागि चार हजार रुपैयाँ, १५१–२५० सीसीसम्मको लागि आठ हजार रुपैयाँ र २५१–४०० सीसीसम्मका लागि १६ हजार रुपैयाँ, ४०१ सीसीभन्दा माथिका लागि ३० हजार रुपैयाँ तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News