फोहोरबाट उत्पादित ग्यास सिलिण्डरको मूल्य ९०० रुपैयाँ



काठमाडौं, साउन ११
नवलपरासिीको सुक्रौलीमा फोहोरबाट उत्पादित ग्यास सिलिण्डरको मूल्य ९ सय रुपैयाँ रहेको छ । दिनको १५० सिलिन्डर उत्पादन हुने बायोग्यास निकै सस्तो छ । कान्तिपुरमा खबर छ ।

इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले फोहोरबाट ग्यास निकालेर बेच्न सुरु गरिसकेको छ । उद्योगका कार्यकारी सञ्चालक अभिरथ अग्रवालका अनुसार पहिलो चरणमा औद्योगिक उपभोक्तालाई उपलब्ध गराइएको छ ।

रामग्राम नगरपालिकाका बजार क्षेत्रमा तत्काल पाइपलाइनबाट भान्सा–भान्सामा ग्यास पुर्याउने लक्ष्य छ । जुन सस्तोसंगै वातावरणमैत्री पनि छ। कुहिने वस्तु यसको कच्चा पदार्थ हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News